साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

चलचित्र ‘उपहार’ को ‘वाह वाह वाह’ बोलको गीत  सार्वजनिक

काठमाडौँ – चलचित्र ‘उपहार’ को 'वाह वाह वाह' बोलको गीत  सार्वजनिक भएको छ।

फागुन २५ गतेलाई रिलिज मिति तय गर्दै चलचित्र ‘उपहार’ को 'वाह वाह वाह' बोलको गीत शुक्रवार सार्वजनिक गरिएको हो । अभिनेत्री थापाले दर्शक माझ करिब ४ वर्ष पछि ‘उपहार’ चलचित्र लिएर आएकी हुन् ।

चलचित्र ‘उपहार’ को ' वाह वाह वाह' बोलको गीतमा बाबुल गिरि र एलिना चौहानको आवाज रहेको छ भने शङ्कर अधिकारी घायलको शब्द रहेको गीतमा बाबुलको नै सङ्गीत रहेको छ।

कविराज गहतराजले तयार पारेको गीतको भिडियोमा गर्भवती रेखा थापाले आफ्नो एक्सप्रेसन अब्बल दिएकी छिन्। ५ महिने गर्भावस्थामा खिचिएको उक्त गीतमा रेखाले आफूलाई अव्वल देखाएकी छिन्। भिडियोमा चलचित्रका दुई नायिका पूजा शर्मा र बेनिशा हमालको बोल्ड अवतार देख्न सकिन्छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, तेज गिरि र समर्पण जङ्ग कार्की मुख्य भूमिकामा रहेका छन्। रेखा फिल्म्स र कपनगढी फिल्म्सको संयुक्त ब्यानरमा चलचित्र निर्माण भएको हो।

 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ५ : ४२ बजे