खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखा अनिश्चितकालका लागि निलम्बित

काठमाडौं । नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखा अनिश्चितकालका लागि निलम्बनमा परेको छ ।

महासंघको केन्द्रीय समितिले शुक्रबार प्रतिष्ठान शाखालाई निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले बताए ।

कान्तिपुरमा भइरहेको पत्रकारको आन्दोलनमा शाखाको भूमिका श्रमजिवीको पक्षमा नदेखिएको र केन्द्रीय समितिलाई नटेरेको भन्दै अनिल गिरी अध्यक्ष रहेको शाखालाई निलम्बन गरेको हो ।

कान्तिपुरमा कात्तिक १८ देखि मंसिर १० गतेसम्म दोस्रो चरणको आन्दोलन गर्ने समेत महासंघले घोषणा गरेको छ ।

कान्तिपुर व्यवस्थापनले स्वेच्छिक अवकाशका लागि दिएको समयसीमा सकिएकै दिन महासंघले भने आफ्नै शाखा निलम्बन गरेको हो । सामान्यतः कुनै पनि प्रतिष्ठानमा शाखाले माग राख्ने र उसले व्यवस्थापनसँग नसकेमात्र केन्द्रलाई बोलाउने प्रचलन छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ४ : ४५ बजे