साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

मदन भण्डारी फाउण्डेशन,सुनसरीको चाडपर्व सड्गोष्ठी 

सुनसरी। मदन भण्डारी फाउण्डेशन सुनसरीले एमाले पार्टी कार्यालय,इटहरीको सभाकक्षमा दसैँ तिहार, छट, बकरीद इद,उधौली उभौली लगायत नेपालीका चाडबाड सम्बन्धमा विचार गोष्ठी सहित शुभकामना आदान प्रदान गरेको छ ।

 चाडपर्व बारे माक्र्सवादी दृष्टिकोण शीर्षकको संक्षिप्त विषय पत्र फाउण्डेशन कोसी प्रदेश सदस्य मिथिला पोखरेलले बाचन गर्नु भएको थियो । उक्त  विषय पत्रमा इतिहासका निर्माता मात्र  जनता होइनन् चाडबाड भाषा संस्कृतिका निर्माता पनि जनता हुन् भन्दै यी संस्कृतिलाई समयक्रममा एक जात,धर्म नाक,नश्लकरण गरिएको उल्लेख गरिएको छ । तसर्थ हामीले  हाम्रो मौलिक चाडलाई दसैँ नभनेर बडा दसैँ,विजयादशमी आदि भनेर जातीय सद्भाव भड्काउने बोली र व्यवहार गर्न नुहुने कुरा विषयपत्र प्रस्तोता पोखरेलले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि फाउण्डेशन कोसीका उपाध्यक्ष तथा प्रदेश सभासद् विजय राईले   विषयगत पत्र सहित आयोजना गरेको कार्यक्रमको सह्राहना गर्दै फाउण्डेशन सिद्धान्तनिष्ठ स्वतन्त्र सामाजिक संस्था भएकाले सामाजिक  सद्भाव बढाउन पनि यस संस्थाको उद्देश्य रहेको बताउनु भयो ।   कोसीका पूर्व सभासद् तथा एमाले नेता सर्वध्वज साँवाले फाउण्डेशनको विगत नेतृत्वमा रहँदाका तिक्त विरक्त अनुभव बताउँदै यो संगठनको आवश्यकता  पछि सम्म अपरिहार्य रहेको बताउनु भयो ।

प्रदेश सदस्य तथा नेतृ लहरु माया जिमीले  मदन भण्डारीलाई  सच्चा माक्र्सवादी, दूरदर्शी महान् तथा सिद्धान्तकार रहेको उल्लेख गर्नु भयो । प्रलेस केन्द्रीय सल्लाहकार प्रा.डा. बद्रीविशाल पोखरेलले विषय पत्रमाथि टिप्पणी गर्दै सार रुपमा यो कार्यक्रम महत्वपूर्ण रहेका बताउनु भयो । कार्यक्रमका लागि कार्यक्रम गर्ने भन्दा सिर्जनात्मक रहेको डा. पोखरेलले उल्लेख गर्नु भयो । राजसा महासङ्घ,केन्द्रीय सदस्य तथा प्रसिद्ध कवि कलाकार ओम विक्रम ओझाले चेतनामूल तथा मनोरञ्जनात्मक कविता तथा गीत प्रस्तुत गर्नु भएको थियो ।

वरिष्ठ पत्रकार लीला भट्टराई,महासंघ इटहरीका अध्यक्ष हरिप्रसाद भट्टराई,दधिराम चुहान,फाउण्डेशनका प्रदेश सदस्य कृष्णराज बाँस्तोला,जिल्ला  उपाध्यक्ष अशोक चौधरी, सचिव राजेन्द्र कट्टेल तथा सदस्य जितेन्द्र सुवेदी लगायतले आआफ्ना विचार र रचना प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष वरिष्ठ कवि प्रह्लाद पहरेदारका सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको थियो ।  

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ३ : २३ बजे