यस्तो छ आजको विनिमय दर

पाइलट कुटाकुट प्रकरण : मन्थली विमानस्थलका प्रमुख निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । 

पाइलट पोशाकमै विमानस्थल परिसरमा कुटाकुट गर्ने तारा एयरका वरिष्ठ क्याप्टेन संजीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको प्राधिकरणले जनाएको छ ।

साथै तारा एयरले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ।  तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले घटनाबारे छानबिन भइरहेको बताएका छन् । उनले कुटाकुट गर्ने दुवै क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको बताए ।

प्राधिकरणले मन्थली विमानस्थलका प्रमुखलाई पनि निलम्बन गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान गर्न विमानस्थल कार्यालयका प्रमुख अशोक थापालाई निलम्बन गरेको प्राधिकरणले जनाएको छ।

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : १८ बजे