यस्तो छ आजको विनिमय दर

रामेछापमा दुई पाइलटबीच कुटाकुट, दुबैको लाइसेन्स निलम्बन

​​​​​​​रामेछाप। रामेछापको मन्थलीस्थित विमानस्थलभित्र एकआपसमा कुटाकुट गर्ने २ पाइलटको लाइसेन्स निलम्बन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले झगडा गर्ने पाइलटहरु क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उनीहरु दूबै जनाको लाइसेन्स निलम्बन गरिएको छ । क्यानले छानबिन पनि सुरु गरेको उनको भनाई छ । पूर्ण छानबिनले उनीहरुको लाइसेन्स नै रद्द समेत गर्न सक्नेछ ।

शुक्रबार बिहान तारा एयरका दुई क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठबीच विमानस्थलभित्रै कुटाकुट भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १२ : ०५ बजे