काठमाडौं । नेपाल प्रहरीको पूर्व एआईजी रणबहादुर चन्द र आफूलाई सामाजिक अभियान्ता बताउने तारा बराल बिवाह बन्धनमा बाँधिने भएका छन् ।
५९ वर्षीय चन्द र ४२ वर्षीया बरालले बिवाह गर्ने सहमति गरेका हुन् । पूर्व एआईजी चन्दकी श्रीमती र बरालका श्रीमान दुवैजनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
केही दिनअघि चन्द र बराल एक रेष्टुरेन्टको गोप्य कोठामा बसिरहेको फेला परेपछि उनीहरूबीचको सम्बन्ध सार्वजनिक भएको थियो ।
सम्बन्ध सार्वजनिक भएपछि उनीहरूले बिवाह गर्ने सहमति गरेका हुन् ।
प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार १० : ०४ बजे
प्रतिक्रिया