खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

सर्वोच्च अदालतको भुइँ ढोग्दै भक्कानिइन् भारती

काठमाडौँ । सर्वोच्च अदालतले न्याय दिएपछि चेतन मानन्धरकी पत्नी भारती शेर्पा भावुक बनेकी छन् । सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले अदालतकाे भुइँमा ढोग्दै आफूले न्याय पाएको सन्देश दिइन् । 

नेपालगञ्ज निवासी मानन्धरका हत्यारा योगराज ढकाल (रिगल) लाई अदालतले तत्काल पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ । 

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका मानन्धरकी पत्नी शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ४ : १२ बजे