खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

रिगललाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका गुन्डा नाइके योगराज ढकाल (रिगल) लाई आममाफी दिने निर्णय बदर गरेको छ । 

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश समेत दिएको छ । आदेशमा रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन भनिएको छ ।

अदालतको आदेशसँगै प्रहरीले रिगललाई खाेज्न प्रहरी हायर गरिसकेकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार प्रहरीले रिगललाई खाेज्ने कार्य अगाडी बढाइसकेकाे छ । उनलाई तत्कालै प्रहरीले पक्राउ गरेर कारकागारमा बुझाउने उनले बताए । 

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए ।

रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ४ : ०६ बजे