दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दीपेन्द्रलाई खेलमा फर्काउन सबै प्रयास भैइरहेको छ : मोन्टी देसाई

काठमाडाैँ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भैइरहेको बताएका छन् । 

ओमानसँगको खेलपछि पत्रकार सम्मेलनमा चोटग्रस्त अलराउन्डर दीपेन्द्रसिंहलाई टोलीमा फर्काउन सबै प्रयास भैइरहेको उल्लेख गरेका हुन्।

सिंगापुरसँगको पहिलो खेलमा नै घाइते भएका दीपेन्द्रले जारी प्रतियोगिता खेल्न पाएका छैनन्। तर, समूह ‘ए’ को अन्तिम खेलमा नेपालले ओमानसँग खेल्दा दीपेन्द्रसिंह भने टियु मैदानमा नेट अभ्यास गरिरहेका थिए।

त्यसैले दीपेन्द्रसिंह टोलीमा फर्कने सम्भावना बारे सोध्दा प्रशिक्षक देसाईले धेरै प्रयास भइरहेको बताएका हुन्।

‘हामी अहिले नै दीपेन्द्र खेल्न सक्छ भन्ने सक्दैनौँ। तर, उनलाई फर्काउन धेरै प्रयास भइरहेका छन्। किनकि यो उनको करियरका लागि पनि आवश्यक छ,’प्रशिक्षक देसाईले भने।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  २ : ११ बजे