दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालले चार विकेट गुमाएर ५८ रन बनायो

काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी १२ बलमा १२ रन बनाएर आउट भए । नेपालले यसअघि कुशल भुर्तेल, सोमपाल कामि र आसिफ शेखलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ८.३ ओभरमा चार विकेट गुमाएर ५८ रन बनाएको छ ।

अहिले क्रिजमा कुशल मल्ल र सन्दीप जोरा रहेका छन् । ओमानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ११ : ४७ बजे