दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

टी–२० विश्वकप एसिया क्षेत्र छनोटः आज नेपाल र ओमान भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा आज बिहीबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह ‘ए’बाट नेपाल र ओमान दुबै टोली सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

जारी प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ७ : ०४ बजे