रामेछाप । रामेछापको लिखु तेस्रो जलविद्युत आयोजनाको ड्याम बिना जानकारी खोल्दा घाटमा जलिरहेको शव नै बगेको छ ।
मंगलबार साँझ निधन भएका गाम्नाङटार गाविसका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता षणकृष्ण भट्टराईको लिखु गाउँपालिका-६ को तीतोखानी अन्तिम संस्कार भइरहेका बेला स्वेतगंगा हाइड्रोले बिना जानकारी ड्यामको पानी छोड्दा शव नै बगाएको हो ।
शव बगाएपछि मलामीको भागाभाग भएको थियो ।
पानीको बहाब घटेपछि स्थानीयले शव खोजेपनि फेला पार्न नसकेका हुन् ।
प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ५ : ५० बजे
प्रतिक्रिया