यस्तो छ आजको विनिमय दर

गुण्डा नाइके रिगलविरूद्वको रिटको सुनुवाई सकियो, भोलि निर्णय सुनाइने

काठमाडौं। बाँकेको नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्व परेको रिटको सुनुवाई सकिएको छ ।

प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा सुनुवाई सकिएको हो । निर्णय भने भोलि सुनाइने बताइएको छ ।

नेपालगञ्जकै चेतन मानन्धरको हत्या आरोपमा आजिवन जेल जीवन काटिरहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।

उनको आममाफीविरूद्व चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट हालेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : ३४ बजे