दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कालोबजारीले हद नाग्याे: १४ दिनमै ६५ प्रतिशतले बढ्यो प्याजको मूल्य

काठमाडौँ ।  भारतमा एक हप्तामै प्याजको खुद्रा मूल्य झन्डै दोब्बरसम्मले बढेपछि मूल्यवृद्धि नियन्त्रण गर्न त्यहाँको सरकारले गत शनिबार सुकेको प्याज निर्यातमा कडाइ गर्‍यो। 

भारतीय वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार महानिर्देशनालयले शनिबार जारी गरेको सूचनामा प्रतिटन प्याजको न्यूनतम निर्यातमूल्य ८०० अमेरिकी डरल ९एक लाख ६ हजार ३२८ नेपाली रुपैयाँ० कायम गरेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

त्यहाँ यसअघि प्याजको न्यूनतम निर्यातमूल्य यसरी तोकिएको थिएन। यो व्यवस्था डिसेम्बर ३१ ९पुस १५० सम्मका लागि कायम हुने जनाइएको छ। शनिबार आएको नयाँ नीति आइतबारदेखि लागू भयो। यो सूचना जारी हुनुअगाडि भन्सार पुगिसकेको खेपका लागि भने यो व्यवस्था बाध्यकारी नहुने सूचनामा भनिएको इकोनोमिक टाइम्सले लेखेको छ।

आइतबार भारतमा उक्त निर्यातमूल्य कायम हुनुअगाडि नै काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी थोक बजारमा सुकेको प्याज प्रतिकिलो १०७ रुपैयाँमा कारोबार भइरहेको थियो। त्यही प्याज खुद्रा बजारमा आइपुग्दा मंगलबार १२२ रुपैयाँ ५० पैसा पुगेको छ भने आम उपभोक्तले खुद्रामा कम्तीमा १६० तिरेका छन्। 

पछिल्लो दुई साताको अवधिमा मात्र प्याजको थोक मूल्य किलोमै ४७ रुपैयाँले बढेको छ। कालिमाटी फलफूल तथा तरकारी विकास समितिको मूल्यसूचीअनुसार थोकमा असोज २८ गते सुकेको प्याज प्रतिकिलो ७५ रुपैयाँ ५० पैसा थियो। कालिमाटी थोक बजारमा मंगलबार प्याजको औसत मूल्य १२२ रुपैयाँ ५० पैसा पुगेको छ। यहाँको कात्तिक १ देखिको मूल्यअनुसार त्यसयता मंगलबारसम्मको १४ दिनमा प्याजको मूल्य ६५ प्रतिशतले बढेको छ।

भारतले नयाँ व्यवस्था आइतबारबाट मात्र लागू गरे पनि काठमाडौँमा कात्तिकको शुरूबाटै मूल्यवृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी बजारको तथ्यांकले देखाएको छ। असोज ३० सम्म थोकमा एक किलोको ७६ रुपैयाँ पर्ने प्याज कात्तिक ६ गते ९४ रुपैयाँ पुगेको मूल्यसूचीबाट देखिन्छ। 

मूल्य बढाउने बहाना
भारतको प्याज निर्यातसम्बन्धी सो व्यवस्था लागू भएको दिन कात्तिक १२ गते आइतबार एक किलो प्याजको थोक मूल्य १०७ रुपैयाँ नाघिसकेको थियो। जबकि व्यापारीहरूले मौज्दातमै रहेको प्याज बिक्री गरिरहेका थिए। भन्सार प्रक्रियामा रहेको प्याजको खेपका लागि नयाँ नीति लागू नहुने पनि स्पष्ट भनिएको थियो। 

नेपाल कृषिउपज आलु–प्याज आयातरनिर्यात थोक बिक्रेता संघका अध्यक्ष मोहन बानियाँ भने भारतीय बजारमा नै मूल्यवृद्धि हुँदा त्यसको असर यता परेको दाबी गर्छन्। नेपालमा घरेलु उत्पादनबाहेक अपुग हुने प्याजको लागि मुख्य स्रोत भनेको भारतीय थोक मण्डी हो। उता भाउ बढ्दा यता पनि असर पर्नु स्वाभाविक रहेको प्रतिक्रिया उनले दिए।

“भारतमा प्याज अभाव भएर मूल्यवृद्धि भयो। त्यसको असर यहाँ देखिएको हो। भारतले मूल्यवृद्धि नियन्त्रण गर्न निर्यातमा कडाइ गरेको विषयले नेपालको लागि खासै फरक नपर्नु पर्ने हो। एलसी ९प्रतीतपत्र० खोलेर आयात गर्नेहरूलाई बरु त्यसले असर गर्छ,” बानियाँले भने, “दशैँअघि ३० रुपैयाँ भारुमा खरिद गरिएको प्याजको मूल्य ५५ रुपैयाँ पुगेको छ।” भारतीय बजारमा किनेर भित्र्याइने वस्तु नेपालको प्रमुख बजारमा आइपुग्न करिब एक हप्ता लाग्ने उनले बताए।

चाबहिलस्थित खुद्रा बजारमा मंगलबार साँझ उपभोक्ताहरूले प्रतिकिलो १६० मा प्याज किनिरहेका देखिन्थे। यसरी बिक्री भइरहेको प्याज बानियाँले बताएअनुसारको समय जोड्दा ३०र३५ रुपैयाँ भारु अर्थात् नेपाली ४८ देखि ५६ रुपैयाँमा भित्रिएको हुनुपर्छ। यसमा भन्सारमा लाग्ने शुल्क जोड्दा ७२ देखि ८० रुपैयाँ प्रतिकिलोमा आयात भएको हुनसक्ने देखिएको छ।

भारतमा महँगिएका बेला नेपालका थोक र खुद्रा दुवैथरी पसलहरूले चाहिनेभन्दा बढी प्याज भण्डारण गरेको कारण पनि भाउ बढेको पाइएको छ। “तीन–चार दिन बाटो बन्द भयो भने वस्तुको आपूर्ति आफँै घट्छ। किराना पसलले पाँच बोरा लगेर भाउ बढाएर बेच्न सक्छन्, त्यसमा थोक बिक्रेताको केही गल्ती छैन। भाउ बढ्न लाग्यो भनेर पाँच किलो चाहिने ग्राहकले पनि एकैचोटि एक बोरा लगेर राखिदिन सक्छन्,” थोक बिक्रेता संघका अध्यक्ष बाँनियाले भने।  

मूल्यवृद्धिपछि आयात परिमाण पनि घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। दशैँअघि कालिमाटीमा सामान्यतया दैनिक ८० टनको हाराहारीमा प्याज भित्रिने गरे पनि हाल ४० देखि ५० टनसम्म आएको श्रेष्ठले बताए। “भर्खरै दशैँ पनि सकियो, त्यसमाथि मूल्य निकै आकासिएको छ र भन्सार दर पनि बढेको छ,” उनले भने। 

विभिन्न समयमा भारत सरकारले जारी गर्ने नीति र बजेटमा गरिने व्यवस्थाको फाइदा उठाउँदै व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने गरेको उपभोक्ता अधिकारकर्मीहरूले बताउने गरेका छन्।  

“दशैँमा वस्तु कम भित्रियो। बोर्डरहरू पनि चार–पाँच दिनको लागि बन्द भए, बिक्री कम भयो। व्यवसायीहरूले पनि कम आयात गरे। दशैँलगत्तै इन्डियामा मूल्य निकै बढ्यो” बानियाँले भने। 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ४ : २५ बजे