यस्तो छ आजको विनिमय दर

कर फर्स्योट आयोग बारे विशेष अदालतको फैसलाको पूर्णपाठ

काठमाडौं । विशेष अदालतले कर फर्स्योट आयोगमार्फत कर संकलन गर्नेभन्दा बदनियत राखेर छुट दिने कार्य गरेको पाइएको जनाएको छ। कर फर्स्योट आयोगका तत्कालीन पदाधिकारीहरुले कर संकलन गर्नेभन्दा छुट दिने कार्यमा अग्रसरता देखाउँदै राज्यलाई नोक्सान पुर्‍याएको ठहर फैसलाको पूर्णपाठमा गरिएको छ। 

विशेष अदालतले कर फर्स्योट आयोगमार्फत राजश्व हिनामिना गरेको अभियोगमा कर आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई दोषी ठहर २०८० असार ५ गते गरेको थियो। 

करदाताले तेस्रो पक्षबाट उठाएको वा उठाउनु पर्ने कर र मूल्य अभिवृद्धि कर, अन्तः शुल्क जस्ता छुट दिनै नमिल्ने करहरु समेत छुट तथा मिनाहा दिने सम्झौता गरेको फैसलामा उल्लेख छ। 

करदाताले निवेदनमा मागै नगरेको विषय र अवधिको समेत कर फर्स्योट गरेको देखिएको पूर्णपाठमा उल्लेख छ। पूर्णपाठमा ५ अर्व ७१ करोड ७५ लाख ६६ हजार ४ सय ६९  रुपैया नेपाल सरकारलाई हानि-नोक्सानी भएको पूर्णपाठमा उल्लेख छ। 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ४ : ०८ बजे