खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

सरकारको साढे २ करोड रुपैयाँ लगानी बालुवामा पानी

भक्तपुर । निकै तामझामका साथ भव्य रूपमा उदघाटन गरी सञ्चालन गरिएको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ ।

संविधान दिवसको अबसर पारेर असोज ३ गते उदघाटन गरिएको बस सेवा महिना दिनमै बन्द भएको हो । सरकारी निकायले तिहारपछि बस सेवा सहज रूपमा सञ्चालन हुने दाबी गर्दै आएको छ ।

सडक विभाग स्रोतका अनुसार द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको छ । तर सडकमा लगाइएको रङ महिना दिन नपुग्दै मेटिन थालेको छ ।

आइतबार मन्त्रालयमा सरोकारवाला निकायको उपस्थितिमा बैठक गरी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको संयोजकत्वमा बस सञ्चालनसम्बन्धी समिति बनाइएको छ ।

रत्नपार्कबाट सूर्यविनायकसम्म १८.५ किलोमिटर छ । अत्यधिक ट्राफिक जाम हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइएको थियो ।

सडकमा रातो रङ लगाएका १९ ठाउँमा बस रोकेर यात्रु चढाउने/ओराल्ने व्यवस्था गरिएको थियो । तर द्रुत बस भनिए पनि सोही बस ट्राफिक जाममा पर्दा समयमै यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे पर्ने गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ३ : ५२ बजे