दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बोलिभियाले तोड्यो इजरायलसँगको कूटनीतिक सम्बन्ध

काठमाडौं । बोलिभिया सरकारले इजरायलले गाजामा मानवता विरुद्धको अपराध गरेको आरोप लगाउँदै इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ ।

इजरायल र  हमासबीचको जारी युद्धमा इजरायलसँग सम्बन्ध तोड्ने पहिलो देश बोलिभिया बनेको छ । ‘हामी गाजा पट्टीमा भएको आक्रमणको अन्त्यको माग गर्दछौं जसले अहिलेसम्म हजारौं नागरिकको ज्यान लिइसकेको छ र प्यालेस्टिनीहरूलाई जबरजस्ती विस्थापित गरेको छ ।’ बोलिभियाका उप विदेशमन्त्री फ्रेडी मामानीले एक पत्रकार सम्मेलनमा भनिन् ।

‘बोलिभियाले गाजा पट्टीमा भइरहेको आक्रामक र असमान इजरायली सैन्य आक्रमणको खण्डन र निन्दा गर्दै इजरायल राज्यसँग कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ।’ विदेशमन्त्री फ्रेडीले भनेकी छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ११ : ४६ बजे