दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टाइनी लडाकुको मृत्यु

काठमाडौँ – वेस्ट बैंकको जेनिन सहरमा भएको इजरायली सेनासँगको आक्रमणमा चारजना प्यालेस्टाइनीको मृत्यु भएको छ । 

इजरायली सेनाले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको हो । साथै अन्य ६ जना घाइते भएका बताइएको छ ।

झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो । 

मारिएकामध्ये एकजना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वर्षीय वाम इयाद हानौन रहेको बताइएको छ ।-एजेन्सी

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १० : ४२ बजे