यस्तो छ आजको विनिमय दर

जुवाखालबाट ‘इकु’ सहित ९ जना कलाकार समातिए

काठमाडौं । जुवा खेलिरहेको अवस्थामा काठमाडौंमा ९ जना कलाकार पक्राउ परेका छन् ।

काठमाडौंको मैतिदेवीस्थित डान्स सेन्टरमा जुवा खेलिरहेको अवस्थामा गत शनिबार सुलेमान शंकर ‘इकु’ सहित ९ जना कलाकारलाई प्रहरीले पक्राउ गरेको हो ।

जुवाखालबाट पर्नेहरुमा सुलेमान सहित गजित विष्ट, शंकर आचार्य, नरेन्द्र विष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी रहेका छन् ।

उनीहरुको साथबाट एक लाख ९० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु प्रहरी वृत सिंहदरबारको हिरासतमा छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ५३ बजे