खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

यस्तो रहनेछ आजको मौसम

काठमाडौं – आज पश्‍चिमी वायुको प्रभावका कारण कतिपय स्थानमा हल्का वर्षा र हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।

विभागका अनुसार पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ४२ बजे