काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले मंगलबार एक सूचना जारी गर्दै डिजेल र मट्टितेलको मूल्य घटाइएको जानकारी दिएको हो ।
निगमका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ। नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ।
निगमको नयाँ मूल्य सूची अनुसार अब डिजेल र मट्टितेल प्रतिलिटर १६८ रुपैयाँ रहेकोमा अब १६४ रुपैयाँ पर्नेछ।
यस्तै निगमले हवाई इन्धन आन्तरिक तर्फ १३६ रुपैयाँ र बाह्यतर्फ १ दशमलव ०३५ अमेरिकी डलर कायमै रहेको छ।
निगमले खाना पकाउने ग्यास र पेट्रोलको मूल्य भारतबाट बढेर आए पनि यथावत राखेको छ ।
प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार ८ : ०६ बजे
प्रतिक्रिया