दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सन् २०३४ को विश्वकप फुटबल आयोजना साउदी अरबले गर्ने

एजेन्सी । सन् २०३४ मा हुने फिफा विश्वकप साउदी अरबले आयोजना गर्ने भएको छ। अष्ट्रेलियापछि हटेपछि साउदी अरबले प्रतियोगिता आयोजना गर्ने पक्का भएको हो।

गत वर्षमात्र एसियाली राष्ट्रका रूपमा कतारले विश्वकप आयोजना गरेको थियो। आगामी विश्वकप सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजना गर्दैछन् ।

मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकप आयोजना गर्नेछन्। त्यसपछिको विश्वकप साउदी अरबले आयोजना गर्ने छ। विश्वकप हरेक चार वर्षमा आयोजना हुन्छ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : २३ बजे