यस्तो छ आजको विनिमय दर

गुण्डा नाइके ‘रिगल’ विरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं ।  खुँडा प्रहार गरि व्याक्ति हत्या गर्ने गुण्डा नाइके योगराज ढकाल ‘रिगल’विरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतमा मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो। 

मंगलबार वादीपक्षबाट बालकृष्ण न्यौपाने, यज्ञनिधी न्यौपाने लगायतले बहस गरेका थिए भने सरकार तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल र नायब महान्यायाधिवक्ता संजीवराज रेग्मी लगायतले बहस गरेका थिए। 

मंगलबारको बहस नसकिएपछि बुधबारका लागि पुनः हेर्दाहेर्दैमा राखिएको हो।

रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित व्यस्त बजार धम्बोझी चोकनजिक नेपालगन्ज उपमहानगरपालिका-८ का २९ वर्षीय चेतनको खुँडा प्रहार गरी हत्या गरेको थियो। 

त्यतिबेला उनी नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति थिए।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : ३५ बजे