यस्तो छ आजको विनिमय दर

सेती नदिमा नुहाउने क्रममा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर खटाईयो

बझाङ । बझाङ जिल्लाको मस्टा गाउँपालिका ४ तातोपानी स्थित सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ ।

सोही गाउँपालिका ४ आग्रा बस्ने अन्दाजी ३८ वर्षिय सुरेन्द्र कठायत यही कार्तिक ११ गते उक्त नदीमा नुहाउने क्रममा बेपत्ता भएको  बताइएको छ । 

उनको खोजीकार्यको लागि मंगलबार सशस्त्र प्रहरी बल नेपाल नंं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाईएको हो ।

 

 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ४ : २५ बजे