दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हमासले तीन जना बन्धकको भिडियो सार्वजनिक गर्‍यो

काठमाडौं । हमासले गाजामा तीन जनालाई बन्धक बनाएको भिडियो सार्वजनिक गरेको छ ।

यो भिडियो कुन परिस्थितिमा बनाइएको हो भन्ने बारे कुनै जानकारी नभए पनि भिडियोमा तीनजना महिलालाई कुनै चोटपटक नलागेको देखिन्छ ।

यी मध्ये एक महिलाले क्यामेरामा बोल्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आलोचना गर्दै बन्धकहरूलाई रिहा गर्न माग गरिरहेकी छिन्।

आफ्नो बयानमा नेतान्याहुले यी महिला बन्धकहरूको नाम इलिना त्रुपानोभ, ड्यानियल अलोनी र रिमोन किर्श रहेको बताए।

नेतान्याहुले भने, “हाम्रो विचार तपाईं र सबै बन्धकहरूसँग छ। हामी बन्धकहरू र अन्य बेपत्ता व्यक्तिहरूको फिर्ता सुरक्षित गर्न सम्भव सबै प्रयास गरिरहेका छौं।”

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ४ : ०४ बजे