दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालविरुद्ध अजिजको तेस्रो अर्धशतक

काठमाडौं। मलेसियाका युवा ओपनर सैद अजिजले टि२० आई क्रिकेटमा नेपालविरुद्ध तेस्रो अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा जारी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा उनले नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

यसअघि उनले २०१९ जुलाईमा मलेसियाविरुद्ध दोस्रो टि२० आई खेलमा ५० रन बनाएका थिए । २०१९ फेब्रुअरीमा उनले नेपालविरुद्ध एसिसी इस्टर्न रिजनमा थाईल्यान्डमा नेपालविरुद्ध ५१ रन बनाएका थिए । त्यो खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय २४ रन बनाएको छ । मलेसियाका सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।

ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गरेका थिए । अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए ।

सातौं ओभरको अन्तिम बलमा दुई रन लिनेक्रममा अहमद फैज ३ रनमा रन आउट भए । सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा विरनदीपसिंह ४ रनमा एलबीडब्लू आउट भए ।

उनले १६ बलमा ३ चौकासहित २४ रन बनाए । तीव्र गतिका बलर करण केसीको चौथो ओभरको पाँचौं बलमा जुबैदीको क्याच रोहित पौडेलले मिडअफमा ब्यक्तिगत १४ रनमा क्याच छाड्न पुगेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  २ : ४६ बजे