नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : ०० बजे