दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानाध्यापकको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

वीरगन्ज । बाराको कलैयामा सोमबार गोली प्रहार गरी भएको शिक्षकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

कलैया उपमहानगरपालिका-६ मदरशा टोलस्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफको सोमबार दिउँसो साढे १२ बजेतिर अपरिचित समूहले गोली हानी हत्या गरेको थियो।

सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सोमबार नै साँझ कलैया उपमहानगरपालिका-१ बाट  एक महिलालाई नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिएकी महिलाको परिचय भने प्रहरीले खुलाएको छैन।

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महिला सर्राफको हत्यारको योजना बनाउने मुख्य योजनाकार रहेको प्रहरी स्रोतले जनाएको छ। ती महिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले बताए।

सोमबार दिउँसो १२:३० बजेतिर स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिहरूले गोली हानेर फरार भएका थिए।

३५ वर्षीय सर्राफको छाती र पेटमा गरी दुई राउन्ड गोली लागेको थियो। गोली लागेर घाइते भइ ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पतालमा पुर्याएका थिए।

त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयोधा मेडिसटी हस्पिटलमा लगिएको थियो। त्यहीँ उपचारका क्रममा सर्राफको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बताए।

​​​​​​​

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ६ : ४२ बजे