दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको पहिलो कारोबार दिन दोहोरो अंकले ओरालो लागेको सेयर बजार आज सामान्य अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० विन्दुमा आइपुगेको हो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेको थियो।

नेप्से बढेको दिन १२८ स्क्रिप्टको मूल्य बढ्दा ९७ को घट्यो। १४ स्क्रिप्टको मूल्य भने स्थिर रह्यो। यता सेन्सेटिभ इण्डेक्स १.१८ अंकले बढेर ३६३.१३ विन्दुमा कायम भएको छ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से दुईपल्ट बढ्ने प्रयासका साथ पोजिटिभ भएको हो । यसक्रममा कारोबारमा आएका ३ बाहेक सबै समूहगत उपसूचक सकारात्मक रहे । तीमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ०.८६ प्रतिशतले बढ्दा उत्पादनमुलक समूहमा सर्वाधिक ०.८ प्रतिशतको गिरावट आयो ।

दिनभर २ सय ८७ स्क्रिप्टको सेयर किनबेच भए । कूल ३० हजार २ सय ३७ कारोबारमार्फत् २८ लाख २७ हजार ७ कित्ता सेयर ६९ करोड ४२ लाख २२ हजार २ सय १७ रुपैयाँमा किनबेच भए । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। आइतबार  ७४ करोड २९ लाख २५ हजार ३ सय ९२ रुपैयाँको सेयर कारोबार भएको थियो।  आइतबारको तुलनामा  सोमबार कारोबार रकम ५ करोड रुपैयाँ कम हो ।

यसदिन  सबैभन्दा बढी साधना लघुवित्तको संस्थापक सेयर किनबेच भए । लघुवित्तको १ लाख ६ हजार ७ सय ३० कित्ता सेयर सर्वाधिक ३ करोड ६० लाख ७४ हजार रुपैयाँमा किनबेच भयो । नेपाल लाइफ इन्स्योरेन्सको पनि ३ करोड बढीको सेयर कारोबार भएको छ । 

कारोबार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक सेयर,नबिल बैंक र एनएचपीसी शीर्ष स्थानमा रहे । नेप्से बढेको दिन पञ्चकन्या माइ हाइड्रोको सेयर मुय सर्वाधिक ७.८१ प्रतिशतले बढेको छ । बढेको बजारमा सर्वाधिक कमाउनेमा मन्दाकिनी हाइड्रो,सुपर माइ हाइड्रो,इमर्जिङ नेपाल, छ्यांगी हाइड्रोको सेयरधनी पनि सर्वाधिक कमाउनेमा परे ।

यता सोनापुर मिनिरल्स एन्ड आयलको सेयर मूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट लागेको छ । अघिल्लो दिन पनि कम्पनीको मूल्य १० प्रतिशतले घटेको थियो । विन्धवासिनी हाइड्रो,अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, लक्ष्मी उन्नती कोष र जीआईबी फन्ड १ का इकाइ धनी सर्वाधिक गुमाउनेमा परे ।

नेप्से परिसूचकमा सुधार आउँदा बजार पुँजीकरण २८ खर्ब ९४ करोड १ लाख ५४ हजार रुपैयाँ कायम भएको छ । लगानीकर्ताको कूल सम्पत्ति आइतबारको तुलनामा ५ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ३ : ४० बजे