दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार

बारा । बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ ।

अज्ञात समूहद्वारा कलैया निवासी रुपेश  सराफमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनको बोर्डिङ नजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार  सराफको टाउको र छातीमा गोली प्रहार गरिएको छ ।

गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार सराफको अवस्था चिन्ताजनक छ ।

अन्दाजी ३५ वर्षीय  सराफ कलैया ६ का बासिन्दा हुन् । सराफले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् । घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  २ : ०२ बजे