दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भारतमा रेल ठोक्किँदा ६ जनाको मृत्यु, २५ घाइते

नयाँदिल्ली – भारतको आन्ध्र प्रदेशमा दुईटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिएका छन् ।

घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ । यस्तै दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न सचेत गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एजेन्सी

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १० : १८ बजे