‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पोखरामा रगत अभाव

पोखरा । पोखरामा रगत अभाव भएको छ । विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको प्रदेशस्तरीय रक्त सञ्चार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए । उनका अनुसार पोखरामा दैनिक ८० युनिट हाराहारी रगत खपत हुन्छ । तर दसैंको बेला रक्तदान कसैले नगरेका कारण अभाव भएको हो ।

रगत अभावलाई पुर्ति गर्न रक्तदान कार्यक्रमलाई तीव्रता दिइएको उनले बताए । ‘अहिले रगतको अभाव छ । सबै सामाजिक संघ संस्था र व्यक्तिहरुले रक्तदान कार्यक्रमलाई तिब्रता दिनुपर्ने छ,’ उनले भने, ‘यो अभियान चौतर्फी रुपमा सञ्चालन हुनुपर्छ ।’ रक्त सञ्चारले शुक्रवार र शनिबार रक्तदान कार्यक्रम गरेको थियो । तर जम्मा ५० युनिट रगत मात्रै संकलन भएको छ ।

२०७८ फागुन १ गतेदेखि गण्डकी प्रदेश सरकारले रगत निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । सोही अनुसार कार्यान्वयन भइरहेको ज्ञवालीले बताए । ‘रगत अभावमा धेरै बिरामी र आफन्तलाई समस्या पथ्र्यो । कतिपयले पैसा नभएर रगत किन्न सकेका थिएनन्,’ उनले अघि भने, ‘गण्डकी सरकारले निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेपछि सबै वर्गका नागरिकलाई सहुलियत मिलेको छ ।’

अरु रगत पनि अभाव हुने अवस्था आइसकेको भन्दै अहिले विशेषगरी बी पोजेटिभ रगतको प्लेटलेसको अभाव छ। प्लेटलेस ब्लड ५ दिन भन्दा धेरै समय भण्डारण गरेर राख्न मिल्दैन । यसका लागि नियमित रक्तदान कार्यक्रम आवश्यक पर्ने उनको भनाई छ । बी पोजिटिभ समूहका रक्तदातालाई रक्तदान गर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : २४ बजे