आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १२ जना पक्राउ

गुल्मी । गुल्मीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १२ जनालाई प्रहरीले  आइतबार पक्राउ गरेको छ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ ठूलीचौरमा सराय नाच कार्यक्रमपश्चात मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

पक्राउ पर्नेमा मालिका गाउँपालिका वडा नम्बर ३ का ३९ वर्षीय सन्तबहादुर थापा, २७ वर्षीय केशव खडका, २४ वर्षीय अनिल थापा, १९ वर्षीय विशाल थापा, २२ वर्षीय विकल्प थापा, ३३ वर्षीय नरेन्द्र थापा, ३१ वर्षीय नरेन्द्र थापा, ४२ वर्षीय नारायण थापा, १९ वर्षीय विपीन थापा, ३३ वर्षीय गुञ्जबहादुर थापा, वडा नम्बर ८ का २० वर्षीय साहिल जीसी र रुपन्देही तिलोत्तमा-११ घर भई अर्जैमा कोठा भाडा गरी बस्ने २४ वर्षीय अनिल ठकुरी रहेका छन्।

स्थानीयले होहल्ला भएको जानकारी प्रहरीलाई टेलीफोनमार्फत गराएपछि गएको प्रहरी टोलीलाई नै अपशब्द बोल्ने र शान्ति सुरक्षा भंग गरी होहल्ला गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ९ : २३ बजे