दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मुगु हत्याकाण्ड : स्लीपिङ ट्याब्लेट खुवाएर श्रीदेवीको हत्यापछि छोराछोरीको हत्या

मुगु । प्रहरीले मुगुमा भएको एकै परिवारको सामुहिक हत्याको प्रारम्भिक अनुसन्धान सकाएको छ। मुगुको छायाँनाथ नगरपालिका ६ स्थित मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थमा शव भेटिएपछि प्रहरीले विषेशज्ञ टोलीसहितको सहभागितामा अनुसन्धान थालेको थियो।

 प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लीपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा, छोरीको पनि हत्या गरेको खुल्न आएको  जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले बताए।

प्रारम्भिक अनुसनधानका क्रममा हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लीपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा, छोरीको पनि हत्या गरेको खुल्न आएको उनले बताए। 

घटनामा कति जनाको संलग्ना छ भन्ने बारे अझै खुल्न नसकेको उनको भनाइ छ। घटनास्थलबाट कानमा लगाएको सुनसहित तिलहरी जस्तो गहनासमेत भेटिएको प्रहरीले जनाएको छ। अन्य गहनासमेत लुकाएर राखेको अवस्थामा भेटिएको छ। 

मुगु प्रहरीका अनुसार केही व्यक्तिलाई आशङ्का गरिए पनि नियन्त्रणमा लिइहाल्नका लागि अझै बलियो प्रमाण पाउन सकिएको भने छैन ।  अनुसन्धानमा सघाउनका लागि अहिले प्रदेश प्रहरी कार्यालयका डिआइजी भिमप्रसाद ढकाल पनि आइतबार मुगु पुगेका छन्  । शुक्रवार नै कोहलपुरबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली, प्रदेश प्रहरी कार्यालयका वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच जनाको अनुसन्धान विशेष टोली मुगु पुगेर अनुसन्धान गरीरहेकाे छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ६ : ०९ बजे