मकवानपुर । मकवानपुरमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
आइतबार दिउँसो घर नजिकै घाँस काट्न जाँदा भीरबाट लडेर भीमफेदी गाउँपालिका–३, बेसारघारीका ७० वर्षीय गणेश बहादुर स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्तानको मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार ५ : ११ बजे
प्रतिक्रिया