दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारतमै किलोको ८० रुपैयाँ पुग्यो प्याजको भाउ

नयाँदिल्ली । भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । आपूर्ति अभावबिच हालैका दिनमा प्याजको भाउ बढेको छ । 

राजधानी नयाँ दिल्लीको  खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको छ । खुद्रा बजारमा भाउ बढ्न थालेपछि शुक्रबार केन्द्र सरकारले सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ । 

नयाँ प्याज बजारमा आउन ढिलाइ हुँदा भाउ बढेको बताइएको छ । नयाँ प्याज बजारमा आउने समय भइसके पनि आइसकेको छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ४ : ०७ बजे