आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

महासचिव गुटरेस र सभामुख घिमिरेबीच भेटवार्ता,के के भयाे कुराकानी ?

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा सभामुख घिमिरेले नेपाल गौतम बुद्धको देश रहेको बताउँदै नेपाली शान्तिप्रिय रहेको उल्लेख गर्नुभएको छ। नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धि विश्वका लागि नै मोडेल बन्न सक्ने उहाँको विश्वास थियो ।

सभामुख घिमिरेले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको बताउनुभयो । 

महासचिव गुटरेसले नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउन राष्ट्रसङ्घ आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । सङ्क्रमणकालीन न्यायले पीडित, उनीहरूको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने महासचिव गुटरेसको विश्वास छ । 

राष्ट्रसंघका महासचिवसँगको भेटमा सभामुखको भनाइ–

-व्यस्तताबीच तपाईँको नेपाल भ्रमणको स्वागत गर्दछु । नेपाली जनता, नेपालको संसद् र व्यक्तिगतरुपमा तपाईँको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दछु ।

-महामहिमज्यूले संसदमा सम्बोधनका लागि समय प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु । नेपालको संसदको नियमावलीमा नै राष्ट्रसंघका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको छ । तपाईँको सम्बोधनलाई नेपाली जनताले पनि चासोसाथ हेरेका छन् ।

-नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित तथा आफैंले नेतृत्व गरी शान्ति प्रकिया निष्कर्षमा पु¥याएको स्मरण गर्दछु । नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको थियो । 

-नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउन प्रतिवद्व छ । दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । आशा छ हामी निकट समयमा नै ऐन निर्माण गर्नेछौं ।

-नेपालको संक्रमणकालीन न्याय प्रकिया सन् २००६ मा सरकार र तत्कालिन विद्रोही पक्षवीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिवद्वता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित छ ।

-नेपाल भगवान गौतम बुद्धको देश हो । नेपाली शान्तिप्रिय छन् । नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धी विश्वका लागि नै मोडेल बन्न सक्छ भन्ने मलाई लागेको छ । विश्वका कतिपय देशहरुमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टिकृत प्रयासहरु उदाहरण बन्न सक्छ ।

-विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–ज्ञढ हामीले अहिलेसम्म भोगेको सवैभन्दा ठूलो मानवीय चुनौतीका रुपमा रहेको छ।नेपालले संयुक्त राष्ट्रसंघ र यसका एजेन्सी तथा निकायहरुलाई विशेषतः कोभिड–ज्ञढ को अति जोखिमपूर्ण र कठिन समयमा उपलब्ध गराएको सहयोग र सहायताका लागि विशेष आभार प्रकट गर्न चाहन्छु ।

-जलवायु परिवर्तन सम्बन्धी विषय नेपालको उच्च प्राथमिकतामा रहेको छ । एक भूपरिवेष्ठित पर्वतीय तथा न्यून कार्वन उत्सर्जन गर्ने मुलुक भएर पनि नेपालले जलवायु परिवर्तनको असमानुपातिक असर व्यहोर्नु परिरहेको छ । महिला तथा बालबालिकाहरु जलवायु परिवर्तनको गम्भिर असरबाट झनै बढी प्रभावित भएका छन् ।  संयुक्त राष्ट्रसंघीय प्रणालीको प्रभावकारिता अभिवृद्वि गर्नका लागि महामहिमले चाल्नु भएको रिफम इनिटिएटिभ्को हामी स्वागत गर्छौं ।

-महामहिम म फेरि एक पटक यहाँको व्यस्त समयका बावजूत पनि नेपालको भ्रमणमा आउनु भएकोमा र महामानव गौतम बुद्वको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रसंघका महासचिवको परम्परालाई निरन्तरता दिनु भएकोमा धन्यवाद व्यक्त गर्दछु ।

राष्ट्रसंघका महासचिवको भनाइ–

-नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार छ । संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त गर्दछु ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ४ : ०२ बजे