दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

तीन महिनामा साढे ११ अर्बको खाना पकाउने ग्यास नेपाल भित्रियाे

काठमाडौं । चालू आर्थिक वर्षको असोज महिनासम्म साढे ११ अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात गरिएको छ ।

आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार चालु आवको साउन, भदौ र असोजमा ११ अर्ब ६२ करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको ग्यास आयात गरिएको हो ।

यो अवधिमा १३ करोड २५ लाख ७७ हजार ६८६ किलोग्राम एलपीजी ग्यास आयात गरिएको छ । त्यसबापत सरकारले दुई अर्ब १६ करोड ९० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ३ : ५२ बजे