खुर्काेटमा बेलिबृज जडान सुरु

विपिन जोशी सकुशल घर फर्किने राष्ट्र संघका महासचिवको विश्वास

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इजरायलमा प्यालेस्टाइनी  विद्रोही समूह हमासको आक्रामणपछि बेपत्ता भएका विपिन जोशी सकुसल घर फर्किनेमा विश्वास व्यक्त गरेका छन् । 

नेपाल भ्रमणमा रहेका महासचिव गुटरेसले विपिन सकुलस घर फर्किने विश्वास व्यक्त गरेका हुन् । उनले आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

आक्रमणलगत्तै बेपत्ता भएका विपिनलाई प्यालेस्टाइनी हमासले बन्धक बनाएको आशंका गरिएको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ३ : २७ बजे