खुर्काेटमा बेलिबृज जडान सुरु

दसैँ लगत्तै भारतीले पुनः सुरु गरिन् अनसन

काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुन: रिले अनसन सुरु गरेकी छन् ।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुन: रिले अनसन सुरु गरेकी हुन् ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन् ।

भारतीले आज (आईतवार) बाट माईतीघर मण्डलामा पुन: रिले अनसन सुरु गरेकी हुन् । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १२ : ०७ बजे