दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

युवकको हत्या आरोपमा तीनजना पक्राउ

काठमाडौं । दैलेखको भैरवी गाउँपालिकामा एक युवकको हत्या आरोपमा तीनजना पक्राउ परेका छन् ।

बिहीबार भैरवी गाउँपालिका–४ सिलंगीमा भएको झडपका क्रममा सुर्खेतको वीरेन्द्रनगर–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको थियो।

प्रहरीले क्षेत्रीको हत्या आरोपमा भैरवी गाउँपालिका–४ का झपिन शाही, धर्मराज अधिकारी र मनिषा रिजाललाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १२ : १९ बजे