दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित : पक्षमा १२० र विपक्षमा १४ मत

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ ।

शनिबार यो प्रस्तावको पक्षमा नेपालसहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए ।

भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्‍यो ।

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए । ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ, र यो अधिकारको प्राप्ति भनेको त्यस्ता अत्याचारहरू कहिल्यै दोहोरिन नपरोस् भन्ने सुनिश्चित गर्नु हो र यो तब मात्र सुनिश्चित हुनेछ जब हमास पूर्ण रूपमा समाप्त हुन्छ ।’ उनले भने

इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । साथै स्थलगत सेना परिचालन पनि बढाएको छ । आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १० : ०१ बजे