खुर्काेटमा बेलिबृज जडान सुरु

राष्ट्रसंघका महासचिव गुटेरेस पर्सि नेपाल आउने,सुरक्षा जिम्मा नेपाली सेनालाई

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा पर्सि काठमाडौं आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्नेछन् ।

उनले १४ गते संघीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । जलवायु परिर्वतनले हिमालमा परेको असर प्रत्यक्ष हेर्नुका साथै लुम्बनी र पोखरा समेत जाने छन् ।

गुटेरेसको सुरक्षा जिम्मा नेपाली सेनालाई

महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको सुरक्षाको जिम्मा नेपाली सेनाले लिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा नेपाल आउन लाग्नु भएका गुटेरेसको भ्रमण राजकीय बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको जिल्ला सुरक्षा परिषद् काठमाडौंले जनाएको छ ।

गुटेरेसलाई सुरक्षा दिन जिल्ला सुरक्षा परिषद् काठमाडौं र ललितपुरको बैठकले सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको हो । बैठकले पहिलो तथा भित्री घेरामा सेना बीचमा नेपाल प्रहरी र बाहिरी सुरक्षामा सशस्त्र प्रहरी रहने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १ : ५५ बजे