दसैँ बजार : वारि सुनसान, पारि भीडभाड

मन्त्री नेता र कर्मचारीलाई दशैँ लाग्यो,सुनसान सिंहदरबार

काठमाडौँ । दसैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ ।

दसैँको बिदा सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । शुक्रबार पनि सिंहदरबारमा मानिसहरूको आवतजावत निकै कम देखिएको छ ।

हाल मन्त्रालयमा सिमित कर्मचारीहरूलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । दैनिक हजारौँको संख्यामा मानिसहरू सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरू र सवारी साधनहरू देख्न सकिन्छ ।

दसैँ सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनसान बनेको छ । शनिवार पूर्णिमाका दिनबाट मात्रै दसैँको टिका विधिवत रुपमा सकिन्छ । आईतवारबाट भने नियमति काममा फर्किने कर्मचारीहरू बढ्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १ : २६ बजे