दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आक्रमणको योजना बनाउने हमास कमाण्डर मारिए

काठमाडौं । इजरायली सेनाले अक्टोबर ७ मा भएको आक्रमणको योजना बनाउने हमास कमाण्डरलाई मारेको दाबी गरेको छ ।

यसअघि इजरायली सेनाले अक्टोबर ७ को हमलाको योजनामा सहयोग गर्ने हमासका अर्का एक वरिष्ठ कमाण्डर मारिएको बताएको थियो ।

‘सटीक गोप्य’ सूचनाका आधारमा युद्धक विमानहरूले हमास गुप्तचरका उपप्रमुख शादी बारुदमाथि आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । हवाई हमलाको भिडियो शेयर गर्दै इजरायली सेनाले उक्त हमलामा उनी मारिएको दाबी गरेको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १२ : ०९ बजे