दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हमासविरुद्ध गाजामा स्थल आक्रमण गर्ने इजराइली प्रधानमन्त्रीको उद्घोष

तेल अविव  । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आफ्नो लक्ष्य देशलाई बचाउनु रहेको बताएका छन्। उनले गाजा हमासविरुद्ध छिट्टै स्थल आक्रमण गरिने बताएका छन्। 

टाइम्स अफ इजराइलका अनुसार इजराइल स्थल आक्रमणका लागि तयारी गरिरहेको छ। कहाँ र कहिले आक्रमण सुरु गर्न लागेको हो भन्नेबारे भने केही उल्लेख गरिएको छैन। 'हामी स्थल आक्रमणको तयारी गरिरहेका छौं। कहाँ, कसरी र कति आक्रमण हुन्छ भन्नेबारे म भन्दिनँ, म ती सीमाको बारेमा पनि विस्तारपूर्वक बताउँदिनँ,' उनले भेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले भने, 'इजराइल हाम्रो अस्तित्वको लडाइँको बीचमा छ। युद्धका दुई उद्देश्य हुन्छन्- हमासको सैन्य र शासन क्षमतालाई नष्ट गर्नु र उसलाई समाप्त पार्नु, साथै हाम्रा बन्धकहरूलाई फिर्ता गर्नका लागि हरसम्भव प्रयास गर्नु।'

मुलुकलाई बचाउनु र जित हासिल गर्नु नै लक्ष्य भएको बताउँदै उनले इजराइली कारबाहीमा हजारौं आतंककारी मारिएको र यो सुरुआत मात्र भएको बताए। स्थल आक्रमणको समयका बारेमा सर्वसम्मतिले निर्णय लिइएको उनको भनाइ छ। 'अपरेसनको समय युद्ध मन्त्रिपरिषद् र मुख्यसचिवमार्फत् सर्वसम्मतिले निर्धारण गरिएको थियो। हामी ती हत्यारा, अत्याचारी र हमासबाट पूरा मूल्य चुकाउने छौं,' उनले भने। 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ५ : ४५ बजे