खुर्काेटमा बेलिबृज जडान सुरु

नेपाली कामदारलाई रोमानियामा श्रमशोषण गर्दै कुटपिट

काठमाडौं । रोमानिया सरकारले नेपाली कामदारहरुलाई श्रम शोषण गरेको छ ।

रोमनियामा काम गर्न गएका नेपालीहरुलाई त्यहाँको सरकारले अधिक काममा लगाउने र नेपालीहरुलाई मेसिन बनाएर आरम गर्ने समय सम्म नदिएको र कामबाट जर्बजस्ती निकाल्ने प्रवृत्ति बढ्दै गएको रोमनियामा रोजगारी गर्न गएका नेपालीहरुले बताएका छन् ।

अहिले रोमानियाको तोब्रा भन्ने स्थानमा एक चिनियाँद्वारा सञ्चालित कम्पनीले नेपाली श्रमिकलाई निर्मम यातना दिएर कामबाट निकालिदिएको ताप्लेजुङ घर भएका श्रमिकले बताएका छन् ।

उनका अनुसार साहुले आफूलाई काठका भाटाले पेट, पिँठ्यु र टाउकोमा निर्मम तरिकाले पिटेको गुनासो गरेका छन् । गत आइतबार ज्यान जोगाउँदै भागेका उनलाई उक्त कम्पनीका सञ्चालकले मार्ने धम्कीएका थिए । तर श्रमिकले आफ्नो ज्यान जोगाउन भागिरहेको अवस्थामा समेत सवारीको प्रयोग गरेर रोमनियाका साहुले लखेटेका थिए ।

साहुको कुटाई खाएर घद्दाइते भएका पिडित कामदारले स्वास्थ्य परिक्षण लगाएत उपचारका लागि एम्बुलेन्सको सहयता लिइ अस्पाताल पु्गेका थिए । पिडितले प्रहरीलाई आफ्नो ज्यान बचाउन सहयोग माग्दा समेत आँफू जिम्मेवार नभएको प्रहरीले बताएको पिडितको गुनासो छ । पिडित नेपालीलाई अदालतमा गएर उजुरी गरेको अवस्थामा मात्र न्याय पाउने बताएको उनको भनाइ छ । तर पिडित नेपाली श्रमिकले अदालतमा गएर उजुरी गर्न पैसा नभएको र अन्य प्रक्रिया समेत थाहा नभएकाले चिन्तित बनेका छन् ।

यातनाबाट घाइते कामदार बुखारेस्टमा अन्य नेपाली श्रमिकहरूसँग बसिरहेका छन् हाल आफू बुखारेस्टमा नेपाली श्रमिकहरुसँगै बसिहरेको र त्यहाँ आफूजस्तै पीडित अरु पनि धेरै रहेको उनले बताए। उनले एउटा कोठामा ११ जना समस्याग्रस्थ भएर मुस्किलले बसिरहेकाले उद्दार गरिदिन माग गरेका छन् कम्पनीको शोषण र दुर्व्यवहारमा परेका अरु पनि धेरै रहेछन्। अहिले उनीहरु नेपाल फर्किन टिकट काट्ने पैसा नभएर अलपत्र परेका छन्।’

उनका अनुसार, राहदानीलगायतका कागजात कम्पनीले आफै राख्ने, बन्धकजस्तै बनाएर काममा लगाउने र काम गर्न नसक्ने भएमा सहजरूपमा रिलिज पेपर पनि नदिने प्रवृत्तिका कारण नेपालीहरू बढी पीडित छन्। वैदेशिक रोजगार बोर्डको हेल्पलाइनमा फोन गर्दा नउठेको र आफूहरु सहाराविहीन हुन पुगेको ती युवाहरुको गुनासो छ ।

रोमानियासमेत हेर्ने जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा यसबारे जानकारी माग गर्दा राजदूत रामकाजी खड्काले यस घटनाबारे आफूलाई जानकारी नभएको र कसैले खबर पनि नगरेको बताएको उनीहरुको भनाइ छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा अन्य देश जाने नेपाली कामदारहरुलाई पनि त्यहाँको सरकाले अवहेलना गरिरहेको छ । पछिल्लो समय दक्षिण कोरिया , अमेरिका, जापान लगायत अन्य देशमा पनि नेपाली कामदारहरुलाई त्यहाँको सरकारले श्रमशोषण गरिरहेका घटनाहरु सामाजिक सँजालमा सार्वजनिक हुन थालेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ४ : ४३ बजे