काठमाडौं । कट्टरपन्थी समूह हमासले थप दुई बन्धकलाई रिहा गरेको छ । रिहा भएका दुबै नागरिक इजरायली हुन् ।
हमासले मानवीय र स्वास्थ्यका कारण दुबै वृद्ध महिला ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई रिहा गरेको हो । उनीहरुलाई उपचारका लागी तेल अविव ल्याइएको छ ।
इजरायलले बन्धकहरुको रिहाइका लागि मध्यस्थता गरेको मिश्रसँगै दुबै महिलालाई ल्याउन महत्वपूर्ण भूमिका खेलेको रेडक्रसलाई धन्यवाद दिएको छ ।
इजरायली अधिकारीहरुका अनुसार नुरित कपुरका ८५ वर्षका पति अमीरम र लिफशिट्जका ८३ वर्षका पति ओडेडलाई भने अहिले पनि हमासले बन्धक बनाएको छ ।
हमासले यसअघि दुई अमेरिकी नागरिकलाई रिहा गरेको थियो ।
प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार ११ : ४६ बजे
प्रतिक्रिया