एनआरएनएका पराजित समूहले केन्द्रीय कार्यालयमा फोटो सेसन गराए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पराजित समूहले सोमबार बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयभित्र पसेर फोटो सेसन गरेको छ । विजयी टिम कार्यालय छोडेर दशैं मनाउन हिँडेको मौकामा पराजित टिम भित्रिएको हो ।

बालुवाटारमा एउटा भवनको फ्ल्याटमा एनआरएनको हेड अफिस छ । अरु फ्ल्याट अरुले नै भाडामा लिएकाले मुल गेट खुल्ला नै हुन्छ ।

पराजित टिमले बनाएको कार्यसमितिका अध्यक्ष आरके शर्मासहितको टिम मुल गेटबाट सरासर भित्र छिर्‍यो । तर, भित्रका सबै कोठामा ताला लागेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ९ : ११ बजे