टीकाको दिन निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैंको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। अघिल्ला वर्षमा तीन दिनसम्म निःशुल्क बस सेवा संचालन गर्दै आएको प्रहरीले यस वर्ष भने टीकाको दिन बिहान ८:३० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

दसैंको टीकाको दिन सार्वजनिक सवारी कम चल्ने भएकाले आम सर्वसाधरणको लागि दुईवटा बस संचालन गर्न लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरीले दुई वटा रुटमा बस सेवा संचालन गर्ने छ।

रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक हुँदै जय नेपाल हलसम्म परिक्रमा गर्ने प्रहरी प्रवक्ता कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेरधारा, चक्रपथ, टिचिङ हुदैँ बालुवाटारसम्म पुग्नेछ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ५ : २३ बजे